एजेन्सी, ७ जेठ । बर्गर खाँदा भारतमा एक युवा अस्पतालमा भर्ना भएका छन ।
भारतको पुणेमा एक युवाले बर्गर खाँदै गर्दा त्यसमा भएका काँचका टुक्राले काटिएर मुखभरि रगत आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
३१ वर्षीय साजिद पठान साथीहरूसँग बर्गर किङ गएका थिए । त्यहाँ उनले बर्गरको एक टुक्रा चपाउँदा गलामा बिझेजस्तो भयो । थुक्दा उनले मुखबाट रगत निस्किरहेको देखे । अनि काँचको टुक्रा पनि भेटे । साजिद र उसका साथीहरूले बर्गर किङ तथा कर्मचारीविरद्ध प्रहरीमा उजुरी गरेका छन । प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ ।
उजुरी गर्नेहरूले उता बर्गर किङले जानीबुझी बर्गरमा काँच राखेको उसको दाबी गरेका छन ।






