बर्गर खाँदा अस्पतालमा भर्ना

एजेन्सी, ७ जेठ । बर्गर खाँदा भारतमा एक युवा अस्पतालमा भर्ना भएका छन ।

भारतको पुणेमा एक युवाले बर्गर खाँदै गर्दा त्यसमा भएका काँचका टुक्राले काटिएर मुखभरि रगत आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

३१ वर्षीय साजिद पठान साथीहरूसँग बर्गर किङ गएका थिए । त्यहाँ उनले बर्गरको एक टुक्रा चपाउँदा गलामा बिझेजस्तो भयो । थुक्दा उनले मुखबाट रगत निस्किरहेको देखे । अनि काँचको टुक्रा पनि भेटे । साजिद र उसका साथीहरूले बर्गर किङ तथा कर्मचारीविरद्ध प्रहरीमा उजुरी गरेका छन । प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ ।

उजुरी गर्नेहरूले उता बर्गर किङले जानीबुझी बर्गरमा काँच राखेको उसको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित