बुद्धको अनमोल वचनहरु

काठमाडौँ, ४ जेठ । ईसा पूर्व ५६३ पहिले राजा शुद्धोधन र मायादेवीको कोखबाट कपिलवस्तुमा जन्मिएका थिए गौतम बुद्ध ! गौतम बुद्धको अनमोल वचनहरुले हामीलाई सोंच बदल्न तथा अगी बढनलाई प्रेरणा मिल्दछ ।

बुद्धको अनमोल वचनहरु :

१. स्शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।

२. हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्‍यौं रु यही कुराले सबैभन्दा बढी महत्व राख्छ ।

३. सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, पुरा बाटो तय नगर्नु, यसको सुरुवात नै नगर्नु ।

४. घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ, यो शाश्वत सत्य हो ।

५. विना स्वास्थ्य जीवन, जीवन होइन, बस्, एक पीडाको स्थिती हो, मृत्युको छायाँ हो ।

६. मन र शरीर दुबैको स्वास्थ्य रहस्य हो, अतीतमा शोक नगर्नु, भविष्यको चिन्ता नगर्नु, बरु बुद्धिमानी र इमान्दारीले बर्तमानमा जिउनु ।

७. आफ्नो मोक्षको लागि आफै प्रयत्न गरौ, अर्कामा निर्भर हुनुहुँदैन ।

८. अतितमा ध्यान नदेउ, भविष्यको बारेमा नसोच ।

९.  आफ्नो मनलाई वर्तमानको क्षणमा केन्द्रित गर ।

१०.  स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

११. तीन कुरा लामो समय लुकाउन सकिदैन, सूर्य, चन्द्र र सत्य ।

१२. जो अर्कालाई इष्र्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।

१३.  जनवारले त तपाईंको शरीरमा हानी पुर्‍याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।

१४. तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।

१५. यस ब्रम्हान्डमा कोही तपाईंको स्नेह वा मायाको लायक छ भने त्यो स्वयम् तपाईं मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित