स्वास्थ्य संस्था सुरक्षा कार्यक्रम बनाउन अफिनको माग

काठमाडौँ, ४ जेठ । उपचार गर्दै गरेका विरामीको मृत्यु भएमा स्वास्थ्यकर्मीमाथि हुने हातपात र अस्पताल तोडफोडलाई नियन्त्रण गर्दै स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाको साथै त्यस्ता अपराधिक कृयाकलाप नियन्त्रणको लागि एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले सरकारसँग माग गरेको छ ।

अफिनको २० औं वार्षिक साधारणसभाको अवसरमा अफिनका महासचिव हेमराज दाहालले सरकारसंग सो माग गर्दै सरकारसँग नीजि अस्पतालको लागि आवश्यक पर्ने एम्बुलेन्स लगायत उपकरणमा कर र भन्सार छुटको व्यवस्था गर्न पनि माग गरे ।

साधारणसभाको उद्घाटन गर्दै स्वास्थय राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालको स्वास्थ्य सेवामा नीजि अस्पताल र नीजि स्वास्थ्य संस्थाको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताए । उनले भने पछिल्लो समयमा जस्तोसुकै घरमा पनि अस्पताल चलाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै घर भाडामा लिँदा होस या आफुले बनाउँदा अस्पताल अस्पतालजस्तो हुनुपर्ने बताए ।

अफिनका केन्द्रीय अध्यक्ष बसन्तकुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले नीजि अस्पताललाई सहयोगीको रुपमा लिएर आवश्यक सहयोग गर्नुपर्ने माग गरे ।

अफिनकी कोषध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक स्वरुपा श्रेष्ठले अफिनको आयव्यय प्रस्तुत गर्दै अफिनको आफ्नै भवन निर्माणको लागि रकम संकलन गर्ने कार्य भइरहेको र अफिनसँग हाल १७५ वटा सदस्य संस्था दर्ता भइसकेको जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित