बर्ड फ्लुबाट कसरी बच्न सकिन्छ ?

काठमाडौँ, २२ वैशाख । एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ ।यो भाइरसको पूरा नाम ‘हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा’ राखिएको छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ ।

 बर्ड फ्लुबाट कसरी बच्न सकिन्छ ?

१. नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने ।

२. बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने ।

३. कुखुराको काँचो मासु काँटदा वा पकाउदा हातमा पञ्जा मुखमा मास्क तथा एप्रोन लगाएर मात्र काम गर्ने ।

४. कुखुराको मासु राम्ररी पकाएर खाने कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ ।

५.  घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने ।

६. इन्फ्लुएन्जाको कुनै पनि शंका लागेमा स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने ।

७. पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिने ।

८. चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्ने ।

९. व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्ने ।

सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छ ?

१. सङ्क्रमण भएपछि खोकी लाग्छ ।

२. ज्वरो आउँछटाउको दुख्छ ।

३. चिसो लाग्छ ।

४. हाछ्युँ आउँछ ।

५. मांसपेशीमा पीडा हुन्छ ।

६. नाकबाट पानी बग्छ वा नाक थुनिन्छ ।

७. मन आत्तिनु ।

८. झाडापखाला लाग्नु ।

९. भोक नलाग्ने र बढ्ता तिर्खा लाग्ने ।

१०. श्वासप्रश्वासमा असामान्य परिवर्तन हुने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्