पुरुषको भन्दा महिलाको स्मरणशक्ति बढी

काठमाडौँ, २१ बैशाख । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’

मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ । यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ । यो समाग्री नागरिक पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ