नेपाल क्यान्सर अस्पतालमा १९ जनाको निःशुल्क स्तन क्यान्सरको शल्यक्रिया

ललितपुर, १५ बैशाख । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेण्टर हरिसिद्धिमा मोरंग—२ रंगेलीकी ५२ वर्षिया मन्दिरा गुरुंगको देव्रे स्तनमा भएको क्यान्सरको निःशुल्क शल्यक्रिया गरिएपछि उनले दोस्रो जीवन पाएकी छिन ।

दुईवर्षअघि नै स्तनमा क्यान्सर भएको पत्ता लागेतापनि आर्थिक अभावका कारण उपचार हुन नसकेको मन्दिराको स्तन क्यान्सरको शल्यक्रियाको लागि यसपटक एभेन्यूज टेलिभिजनका बिराटनगर संवाददाता बीरेन्द्र कुमार साहले पहल गरेका थिए । अस्पतालमा ल्याईएकी मन्दिराको निःशुल्क शल्यक्रियाको लागि अस्पतालमा रहेको नेपाल क्यान्सर सपोर्ट ग्रुपले आवश्यक व्यवस्था मिलाएको थियो ।

सो अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा.कपेन्द्रशेखर अमात्यको चिकित्सक टोलीले मन्दिराको स्तन क्यान्सरको शल्यक्रिया गरिएको थियो भने शल्यक्रिया अघि र पछिको उपचारमा अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठ संलग्न छन् ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा मन्दिराको साथै विपन्न परिवारका अन्य १९ जना महिलाको स्तनको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सपोर्ट ग्रुपकी कार्यकारी सदस्य स्वरुपा श्रेष्ठले बताइन ।

हरेक महिना एकजना त्यस्ता विपन्न महिलाको निशुल्क स्तन क्यान्सरको शल्यक्रिया गर्ने नीति अनूरुप एकवर्षको अवधिमा १९ जनाको शल्यक्रिया गरिसकिएको र आगामी असारसम्म थप ५ जना त्यस्ता महिलाको स्तनको शल्यक्रिया गरिने तयारी भएको पनि निर्देशक श्रेष्ठले बताइन ।

निर्देशक श्रेष्ठका अनुसार यसका लागि अस्पतालले शल्यक्रिया लगायत चिकित्सक र नर्सिंग सेवाको शुल्क मिनाहा गरेको छ भने रोटरी क्लव अफ पाटन यलले १२ जना र जनरल इन्स्योरेन्स कम्पनी १२ जना गरि जम्मा २४ जनाको स्तन क्यान्सर शल्यक्रियाको केही खर्च वेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ