रिस नियन्त्रण गर्ने १० उपायहरु

काठमाडौँ, १४ वैशाख । रिस मानवीय संवेदनासँग जोडिएकोले रिस सबैलाई उठ्छ । रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना हुन सक्छ । त्यसैले नियन्त्रण गर्न उपायहरु थाहा पाउन जरूरी छ ।

रिस नियन्त्रण गर्ने १० उपायहरू

स्रिस उठेमा एक देखि सयसम्म गन्नुस् । ती गन्ती गन्दा बिस्तारै रिस पनि मर्दै जान्छ ।

१. रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्दा रिस शान्त हुन्छ ।

२. रिस उठेरहेको छ भने घाँटी तथा जिउ तन्काउने साथै योगको आसन गर्ने जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ ।

३. रिस उठेमा चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्ने साथै आफूलाई एकदमै रिल्याक्स हुने दृश्य सम्झने जस्तैः कुनै रमाइलो हरियाली दृश्य जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ ?

४. आफूलाई समय दिने साथै अरुभन्दा अलग बस्ने । यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किन सकिन्छ ।

५. जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिने र आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्ने जसले गर्दा असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ ।

६. आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्ने बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि ।

७. रिसलाई सिर्जनात्मक कुरामा लाने जस्तै मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउने,  गीत, कविता भन्ने ।

८. जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्न अनि  डिलिट गर्ने । आफ्नो मन लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ ।

९. रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्ने इयरफोन लगाएर या कोठामा घन्काएर सुन्ने जसले गर्दा रिस छिनभरमै हराउन मद्दत गर्छ ।

१०. रिस उठेमा आफ्ना अंगहरूलाई सक्रिय बनाउने जसले शरीर र दिमागलाई राम्रो गर्छ । जस्तै व्यायाम गर्ने, हिँड्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ