आज औंलो विरुद्धको दिवस मनाईंदै, विश्वभर २ करोड भन्दा बडी संक्रमित

काठमाडौँ, १२ वैशाख । आज २५ अप्रिल औंलो विरुद्धको दिवस मुलकभर विभिन्न जनाचेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।

औंलो रोग एनोफेलिस लामखुट्टेको टोकाईबाट मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको संक्रमण छ ।

WHOको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजारले ज्यान गुमाईसकेको तथ्याङ्क रहेको छ ।

नेपालमा हाल वर्षमा १ हजार औंलो रोगी थपिने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०६९-०७० सालमा औंलो रोगका बिरामीको संख्या २ हजार ९२ थियो भने २०७३-०७४ सम्म आइपुग्दा ११ सय २८ पुगेको छ । सरकारले यसवर्ष औंलोबाट हुने विरामीको संख्या ९० प्रतिशतले घटाउने योजनाअनुसार काम भइरहेको बताएको छ ।

मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्