भिटामिन ‘ए’ को कमी भए के हुन्छ ?

काठमाडौँ, ७ वैशाख । शरीरलाई स्वास्थ राख्न साथै रोगबाट बचाउन भिटामिन आवश्यक पर्दछ । दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन एको कमी गर्भवती महिला लागि खतरापूर्ण मानिन्छ । त्यसैले भिटामिन ए स्वास्थ्यका लागी महत्वपूर्ण रहेको छ । भिटामिन एका महत्वपूर्ण स्रोतमा गाँजर, ब्रोकाउली, तोरीको साग, गोलभेंडा, आँपलगायत हुन् ।

भिटामिन ‘ए’ कमी भएमा

१. छाला सुख्खा हुनु साथै छालामा संक्रमण भईरहनु ।

२. आँखा सुख्खा हुनु साथै राति आँखा देख्न गाह्रो हुनु ।

३. गर्भाधान नहुनु ।

४. बालबालिकाको ढिलो विकास हुनु ।

५. पटकपटक छाति तथा घाँटीको संक्रमण हुनु साथै घाउ ढिलो निको हुनु ।

भिटामिन ‘ए’ कसरी पाइन्छ ?

भिटामिन ‘ए’ गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदिमा पाइन्छ ।

नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यस पटक पनि २०७६ वैशाख ६ र ७ गते देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट वितरण गरिंदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्