प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

भक्तपुर, ३ वैशाख । नारायण थापा । शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सहकार्यमा काठमाडौमा ‘ब्रिज द ज्ञाप’ भन्ने मुल नाराका साथ बैशाख ७ र ८ गते प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले सम्मेलनमा अमेरिका, बेलायत, अष्टे«लिया, जापान, सिङ्गापुर, श्रीलंका र भारतका ३० जना प्रत्यारोपण विज्ञहरुका साथै नेपालका ३ सय जनाको सहभागिता हुने श्रेष्ठले बताउनुभयो ।

विश्वको विभिन्न देशका प्रत्यारोपण विज्ञहरुबाट अङ्ग प्रत्यारोपणको क्षेत्रमा भई रहेको प्रविधिको विकास, ज्ञान शिप तथा नँया उपलब्धिहरुको आदान प्रदान हुने र नेपालका हरेक जिल्लामा अङ्गदान र प्रत्यारोपको विषयमा जनचेतना जगाउने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतीमा केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरिय अस्पताल अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखलाई समेत सम्मेलनमा सहभागी गराउने श्रेष्ठले बताउनुभयो ।

शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, अंङ्ग प्रत्यारेपण समाज नेपालका अध्यक्ष डा. निरज गोबिन्द जोशी र इन्डियन अङ्ग प्रत्यारोपण समाजका अध्यक्षप्रा.डा. सन्दिप गुलेरियाको अध्यक्षतामा हुन गई रहेको उक्त कार्यक्रमको साइन्टिफिक कमिटिको अध्यक्ष प्रा.डा. राकेस कुमार बर्मा, हस्पिटालिटी तथा तथा लजेष्टिक कमिटिको अध्यक्षमा डा. कल्पना कुमारी श्रेष्ठ रहनु भएको छ । सम्मेलनको सदस्य सचिव डा. सुमित आचार्य तथा सह सचिवमा इन्डियन अङ्ग प्रत्यारेपण समाजबाट डा. बिवेक कुटे आदीको सहकार्यमा कार्यक्रममको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनका अन्य सदस्यहरुमा प्रा.डा गुण कुमार श्रेष्ठ, डा. दिलिप शर्मा, प्रा.डा. गोपीअर्याल, प्रा.डा. राजिव झा,डा. दिपेश लाल गुरुवाचार्य प्रा. डा बिश्वास प्रधान, डा. सुवास प्रसाद आचार्य, डा. यादब देब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु के.सि., डा. बिषेश पौडेल, डा. अनिल बराल, डा. कल्पना श्रेष्ठ, डा. सुमित आचार्य, डा. आरती राई, डा. कर्ण राजबंशी, डा. निभा श्रेष्ठ, डा. बिनिता जोशी, डा. संजित कृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ, लगाएतका चिकित्सकहरु रहने छन् । त्यसै गरि कार्यक्रमको सल्लाहकारहरुमा प्रा.डा. आई.एल. आर्चाय, प्रा.डा. बिश्व राजजोशी, प्रा.डा. सुबोध अधिकारी, प्रा.डा. बि.डि. झा, प्रा.डा. सन्तोष मान श्रेष्ठ, प्रा.डा. बसन्त पन्थ र प्रा.डा. पवन कुमार सुल्तानिया रहने कुरा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको