भक्तपुर, २ वैशाख । नबराज काफ्ले । सूर्यविनायक नगरपालिका–६,पाण्डुबजार स्थित वि किड्स स्कूलद्धारा एक स्वास्थ्य शिविरको आयोजना गरि ८६ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

मध्यपुर अस्पताल र भक्तपुर हेल्थ कन्सर्नको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो ।

बालकदेखि वृद्ध–वृद्धा सम्म विभिन्न उमेर समुहका महिला पुरुषहरुको नाक, कान, घाँटी, दाँत तथा गिजा रोग, हाडजोर्नी, नशा, फिजियोथेरापी लगायत सम्पूर्ण शरिरको लक्षण, चिन्ह अनुसार उपचार गरिएको थियो ।

उपचारमा संलग्न हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। सरोज सुवालले हरेकले आफ्नो स्वास्थ्य प्रति संवेदनशील हँदै समय समयमा स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका थिए । स्वास्थ्य शिविर चलिरहँदा विद्यालयले प्ले ग्रुप देखि कक्षा १ सम्म २६ जनालाई निःशुल्क भर्ना गरिएको विद्यालयका सञ्चालक सृजना कोजुले जानाकारी गराउनु भएको थियो ।

त्यसैगरि विद्यालयका प्रधानध्यापक श्रीमती मञ्जु दुवालले आवाश्यक प्राविधिक सहयोगको लागि मध्यपुर अस्पताल र हेल्थ कन्सर्नलाई धन्यवाद व्यक्त गर्नु भयो ।







