२१८ एचआइभी सङ्क्रमित

काठमाडौँ, २३ चैत । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका रहेका छन् ।

उक्त सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको छन ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको