२१८ एचआइभी सङ्क्रमित

काठमाडौँ, २३ चैत । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका रहेका छन् ।

उक्त सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको छन ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित