ललितपुर, २२ चैत । ललितपुरमा कले तरकारी बोक्ने भ्यानलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १२ बजे सानेपा नजिकै नयाँबाटोमा नक शिक्षा सामग्री केन्द्रको ना१घ५३३ नम्बरको ट्रक अनियन्त्रित भई बा४च२१३१ नम्बरको भ्यानलाई ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
मृतकको परिचय खुल्न नसकेको र अल्का अस्पतालमा शव राखिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि उक्त क्षेत्रमा यायातात आवागमन प्रभावित भएको छ ।






