तनहुँ, १४ चैत । तनहुँमा बसको ठक्कर एक जना पैदल यात्रुको मुत्यु भएको छ ।
पोखराबाट दमौली तर्फ जाँदै गरेको ना. ६. ख. ४११ नम्बरको बसले ठक्कर दीदा पैदल यात्रु शुक्लागण्डकी नगरपालिका वडा नं ५ बस्ने सावित्री खत्रिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






