लागूऔषधसहित आमाछोरी पक्राउ

वीरगञ्ज, १४ चैत । वीरगञ्जबाट अवैध लागूऔषध गाजा ओसारपसारमा संलग्न आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिलका-१९ ईनर्वा चोकबाट बाराको महागढीमाई नगरपालिका-१० घर भइ वीरगञ्ज महानगरपालिका-१ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अञ्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो ।

उनीहरुबाट लागूऔषध गाजाको धुलो  ६ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी ढकालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा