लम्जुङ, १२ चैत । लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथान आगलागीबाट करिब ४० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
गएराति १२ बजेतिर उत्तर बहादुर परियारको सर्टिङ-सुटिङ पसल र रितेश थापाको कम्प्युटर मर्मत पसलमा आगो लागी हुदा परियार र थापा दुवैले आगलागीबाट करिब ४५ लाखको क्षति भएको दावी गरेका छन् ।
उक्त आगलागी १ घण्टापछि दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।
प्रहरीले भने आगलागीबाट क्षतिको एकीन विवरण नआएको जानकारी दिएको छ ।






