काठमाडौँ, ११ चैत । अभिनेता सलिनमान बनियाँ स्टारर नयाँ फिल्म ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रम गरि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । उक्त ट्रेलरमा लभ, रोमान्स, कमेडी, द्वन्द्व साथै एक्सन र कमेडी प्रस्तुत गरिएको छ ।
चैत २९बाट देशभर रिलीज हुने फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन । फिल्ममा जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
संजय लामाले छायांकन गरेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् ।
ट्रेलर







