‘समय अबको, क्षयरोग अन्त्यको’ आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौँ, १० चैत । आज विश्व क्षयरोग दिवस, ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । क्षयरोगलाई  रगत, खकार, छाला परीक्षणबाट कीटाणुको अवस्थाका बारेमा पत्ता लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्ने जनाएको छ । नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग साताँै नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ । साथै नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिने WHOले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको