मिर्गौलाका रोगीले ध्यान दिनुपर्ने कुराहरु

काठमाडौँ, ३० फागुन । मिर्गौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । तेसैले मिर्गौला महत्वपूर्ण अंग भएकोले हेरबिचार गर्नु पर्दछ ।

मिर्गौला रोगीले खान नहुने :
१. बदाम, काजु, ओखर, अंजिर, पेस्ता नखाने
२. चिया, ग्रिन टी, कोकाकोला, फेन्टा जस्ता पेय पदार्थ नखाने
३. बढी मात्रामा मसला नखाने
४.  हर्लिक्स, भिभा, बोर्नभिटा, कम्पलान नखाने
५. आलु चिप्स, नुनीलो बिस्कुट, पापड, दालमोठ बढी नुन भएका खानेकुरा नखाने
६. अजिनो मोटो, खाने सोडा, बेकिङ्ग पाउडर हालिएका खानेकुरा

मिर्गौला रोगीले अपनाउनु पर्ने सावधानी :
१.  रोगबाट बच्ने खोप लगाउने साथै रक्तचाप नियन्त्रण गर्ने।
२.  खानपानमा ध्यान दिने र रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने।
३.  धूमपान तथा मध्यपान नगर्ने साथै प्रोटिनयुक्त खानेकुरा कम खाने।
४. मधुमेह र उच्च रक्तचापको लागि  दिएको औषधि नियमित सेवन गर्ने र चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने।

 मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने :
१.  रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर
२.  २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर
३.  रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
४.  मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारततर्फ ठुलो