सडकमै सवारी चालक र सह-चालकको आँखा जाँच

रुकुम पश्चिम, २७ फागुन । मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गमा सवारी चालकहरुको आँखा चेक गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम र रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजनामा शिविर सञ्चालन गरी आँखा जाँच गरिएको हो ।

सडक दुर्घटना न्यूनिकरणका लागी बाटामै सवारी चालकहरुको आँखा जाँच गरिएकोसाथै शिविरमा बस, ट्रक र ट्रयाक्टरका चालक र सह–चालकहरु गरि १ सय ३५ जनाको आँखा चेक गरिएको प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

शिविरमा चेक गरिएकामध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टिदोष रहेका कारण उनीहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित