सडकमै सवारी चालक र सह-चालकको आँखा जाँच

रुकुम पश्चिम, २७ फागुन । मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गमा सवारी चालकहरुको आँखा चेक गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम र रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजनामा शिविर सञ्चालन गरी आँखा जाँच गरिएको हो ।

सडक दुर्घटना न्यूनिकरणका लागी बाटामै सवारी चालकहरुको आँखा जाँच गरिएकोसाथै शिविरमा बस, ट्रक र ट्रयाक्टरका चालक र सह–चालकहरु गरि १ सय ३५ जनाको आँखा चेक गरिएको प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

शिविरमा चेक गरिएकामध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टिदोष रहेका कारण उनीहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारततर्फ ठुलो