मधुमेहका रोगीले के खाने, के नखाने ?

काठमाडौं, २५ फागुन । शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन अथवा इन्सुलिनको राम्रोसँग उपयोग हुन सक्दैन । त्यतिबेला ग्लुकोज कोषहरुमा पुग्न नसकी रगतमा रहिरहन्छ । यसरी उत्पन्न हुने स्वास्थ्य समस्यालाई मधुमेह वा चिनीरोग भनिन्छ ।

हामीले खाने खानाबाट प्राप्त हुने र रगतमा पाइने ग्लुकोज शक्तिको स्रोत हो । रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह वा चिनीरोग उत्पन्न हुन्छ ।

मधुमेहका बिरामीले खाना कुराहरु :
१. मधुमेह भएको बिरामीले कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ ।
२. हरिया तरकारी, सागपात तथा फलफूल आदि खादा रेसा बढी भएका खानु पर्दछ ।
३. दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ ।
४. उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ ।
५. पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ । सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ । साथै मौसमअनुसारका फलफूल खानु पर्दछ ।

मधुमेहका बिरामीले खाना नहुने :
१. बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा नखाने ।
२. पानीको सट्टा कुनै पनि पेय पदार्थ नपिउने ।
३. मसलायुक्त र सजिलै नपच्ने खानेकुरा नखाने ।
४. सूर्तिजन्य र लागू पदार्थबाट टाडै रहने ।
५. अधिक र हानिकारक मद्यपान नगर्ने । साथै नियमित रूपमा व्यायाम, दौड तथा खेलकूद गरिरहने गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी

काठमाडौँ, १९ असोज । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन