जवानिको मुखार बिन्दुमा पुगेर आफ्नो सुन्दर भबिस्य खोज्न गुड बाट केही सीप बोकेर उडेको थियो लामो यात्रामा कालो छिर्बिरे भाले ढुकुर । उ यसरी कावा खादै उड्योकि आकास उस्को सपना थियो । जमिन उस्को आगन थियो, उ आगनको एक कुनामा थियो । उड्दै हिडेको उस्लाई जिन्दगीका केही तिता मिठा अनुभव सुनाउने, उ रुदा रोईदिने, उ हास्दा हासिदिने उस्को पाइलामा पाइला मिलाउने एक पोथी ढुकुर खोजिरहेको थियो ।
सम्योग भनौ या नियती उ उड्दै एक सुन्दर गुलाब को बगैचामा पुग्यो। रङ्गी चङ्गी फूलहरुले सु सज्जित त्यो बगैँचा स्वर्गको एक टुक्रा थियो । अनेक चराहरु को चिरबिर, भमराहरुको भुनभुन, फटयांग्राहरुको जिमन्यास्टिक, झ्यसुकिरिको सुमधुर सङ्गीत उ यसैमा लठ्ठीयो र निर्णय गर्यो उ अब केही दिन यहि बस्ने छ । अनि उस्ले बस्न एक सुन्दर ठाउँ खोज्दै थियो बगैंचा को एक छेउमा ढुकुरहरुको एक हुल रमाई रहेका थिए । त्यतिकै मा उस्को नजर भिडको एक छेउमा आफ्नै धुनमा चारो खोजिरहेकी सेतो पोथी ढुकुरमा पर्यो । पोथी ढुकुर शान्त भद्र सालिन बेहद सुन्दर थिइ । मिलेको जिउडाल, लचिलो चाल भएकी उ । भाले ढुकुर ले सोच्यो यो मेरो सपनाकी रानी हो । के म यस्लाई पाउला त रु यति सोचेर उस्ले सेतो ढुकुरलाई हेरिरहयो । सेतो ढुकुरले उस्लाई हेरिया हेरिन उस्ले थाहा पाएन ।
चारो खादै गरेका अरु ढुकुर भुरुरुरु उडेर बेगले हुत्तिए कतै सिबाय सेतो ढुकुर । भाले ढुकुर नजिकिन खोज्यो केही पाइला चाल्यो तर सेतो ढुकुर चारो खोजिरहेको बाहाना गरिरही । सेतो ढुकुरले सिधै उस्को नजिक जाने हिम्मत गर्न सकेन, नजिक पुग्ने बाहाना खोज्यो, त्यतिकैमा भाले ढुकुरको अगाडि एक फटयांग्रो फ्याट गर्दै आयो, भालेले बेरै नगरि आफ्नो चुच्चोले ट्वाक ठुगेर फटयांग्रोलाई चुच्चोमा लियो अनि पोथी तिर हेरि रहयो । यो सब देखेकी पोथिले खै के सोची पखेटा फटफटाई, जिउ तनक्क तन्काई अनि शिर झुकाएर लजाई। भाले ढुकुर भने चुच्चोमा चारो च्यापेर सिधै पोथि ढुकुर अगाडि गयो अनि एक नाश हेर्यो, पोथी मुस्कुराई उस्ले आफ्नो चुच्चाको चारो पोथिको चुच्चामा राखी दियो । फोथी बेसरी खुशी भै । सायद पोथिलाई पनि भाले मन पर्यो होला । उनी हरु बिस्तारै नजिक बने । एक अर्का सङ्गै हुन थाले साझ परे पछि आ-आफ्नो गुड लाग्ने उनी हरु । पुर्बको हिमालले लाली लगाउदा बित्तिकै एक अर्कालाई खोजी हाल्थे ।
दिन भरी बेसरी खुल्ला हावामा कावा खान्थे, कहिले कुन्जको लहरामा थुक्थे, कहिले छौर को ढुलो ढुङ्गाको छाती मण्डला ठानेर उफ्रन्थे । मन्दिरका सिढीहरुमा सङ्ग सङ्गै नापेर पाइला चाल्थे । सपनाका अनेक तुनाहरु बुन्थे । उनिहरु यति नजिक भएकी एक अर्कालाई छोड्नै नसक्ने भए । कहिले कहि भालेकै गुडमा बाँस बस्न थालि पोथिले । यो नियती चलाई रहे । के मात्र साटेन्न र उनिहरुले दिल साटे,जवानि साटे, आफ्नो दैनिकी साटे,व्यवहार साटे सब थोक साटे । खुल्ला भएर उडे । लुकेर प्रेम गरिरहेका उनिहरु कयौ कुण्ठाहरु पनि सहे होलान । कहियौ हिउदे बर्षात पनि झेले । तर प्रेम भने गरिरहे ।भाले ढुकुरले सपनाको प्रेमिल गुडबनायो, समय सङ्गै पोथी ढुकुरले फुल पार्न थालि, भाले ढुकुर चारो खोजेर ल्याउन थाल्यो, सुन्दर बचेरा उडाउने कल्पना गर्न थाल्यो, बचेरालाई चारो खुवाएको मीठो कल्पना गर्न थाल्यो, अनेक सपना देख्यो । एक दिन चारो खोज्न बिहान गुड बाट निस्कियो भाले ढुकुर, बेसारी दुख गरेर चारो खोजेर फर्कियो गुड। गुडमा पोथी थिइन ।
गुड भत्किएको थियो । अण्डाहरु फुटेका थिए । उ चिच्यायो, करायो छाती पिटेर रोयो, पोथी ढुकुर खोज्न बेसरी भौतारियो जङ्गल भरी कहि फेला पारेन । रात बेसरी छिप्पिए पछि बिहानै बाट खोज्न थाल्छु भनेर रुदै गुड फर्किएको ढुकुर लाई छिमेकी कोहिलि चरिले सुनाईन तिम्रो सेतो ढुकुरलाई एक सिकारिले पिजडामा कैद गरेर लिएर गयो । ढुकुर बेसरि भक्कानियो, चिच्याउदै रोयो अनि सोध्यो कोहिली लाई कता लियो सिकारिले उनलाईरु कोहिलिले दुखी हुँदै जवाफ दिई थाहा भएन कता पो लियो……….
के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत






