निःशुल्क स्तन क्यान्सर शिवीर

ललितपुर, २९ पौष । लायन्स तथा लियो क्लव अफ काठमाडौं मेरीगोल्डको साथै लायन्स तथा लियो क्लवहरु काठमाडौं विशालबजार, काठमाडौं दरवारमार्ग, काठमाडौं पिस आई, काठमाडौं मिर्मिरे, काठमाडौं ग्रिन भ्याली र जयश्री भैरव वहुउद्धेश्यीय सहकारी संस्था अन्तर्गत महिला समूहको संयुक्त आयोजनामा खपिन्छें टोल च्यासलमा शनिबार एकदिने निःशुल्क स्तन क्यान्सर शिवीरको आयोजना गरियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा सञ्चालित सो शिवीरमा सो अस्पतालमा कार्यरत नेपालकै पहिलो वरिष्ठ स्तन क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्य लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्तन क्यान्सर परिक्षण गरेको थियो ।

सो शिवीरमा १७४ जनाको स्तन क्यान्सर भए नभएको परिक्षण गरिएको र त्यसमध्ये ४ जना महिलालाई मात्तै थप परिक्षणको लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा रिफर गरिएको कार्यक्रम संयोजक देवी थापा गुरुङगले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको