प्रहरीको ज्यादती : अनिश्चितकालिन बजार बन्द

रौतहट १२ पौष । प्रहरीले व्यापारीमाथि ज्यादति गरेको भन्दै रौतहटको सदरमुकाम गौर अनिश्चितकालिन बन्द भएको छ ।

रौतहट उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले अनिश्चितकालीन बन्दको आहवान गर्दै संघ रौतहटले सदरमुकाम गौर बजार बन्द गराएको छ । व्यापारीहरुलाई स्थानीय प्रशासनले दुःख दिएको आरोप लगाउँदै आएका छन् । गौरबाट सीमावर्ती क्षेत्रका गाउँहरुमा व्यापारीहरु बिल(भर्पाइसहित मालसामान लैजाने क्रममा नेपाल प्रहरीले अनावश्यक रुपमा नियन्त्रणमा लिएर नक्कली मुचुल्का उठाएर पटक पटक व्यापारीमाथि नियतवश दुख दिने गरिरहेको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन् ।

जिल्ला १८ वटा स्थानीय तहमा विभाजित भएपछि गौरमा व्यापारिक प्रतिष्ठानहरु धारासायी हुँदै गएको र त्यसमा पनि भारतबाट आउने सामानहरुमा प्रहरीकै मिलोमतोमा निर्वाध रुपमा आइरहेको तर नेपालबाटै सामान किनेर नेपालमै लैजाँदा विदेशमा तस्करी भयो भनेर सामान समातिनु साह्रै निन्दनीय कार्य भएको आन्दोलनमा जानु बाहेक अर्को कुनै विकल्प नरहेको व्यापारीहरुको भनाई छ ।

रौतहट प्रहरीका एसपी केदार ढकालले कानुनले दिएको छुटको गलत फाइदा उठाएका कारण सीमावर्ती क्षेत्रका व्यापारीहरुले दुख पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा