योग्य विद्यार्थीलाई स्वदेशमा नै रोजगारीको अवसर : मन्त्री पोखरेल

काभ्रे, २८ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक योग्यता अनुसार स्वदेशमा नै रोजगारीको व्यवस्था सरकारले गर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताउनुभएको छ । दीक्षित विद्यार्थीलाई शिक्षामा असाधारण ढङ्गले प्रगति गरेका मुलुकको सफलताको कथा अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले प्राज्ञिक संस्थाले उद्योग र उद्यमशीलताको विकासमा विशेष भूमिका खेल्ने भएकाले औद्योगिक क्षेत्र, निजी क्षेत्र र नयाँ उद्यमीलाई विश्वविद्यालयसँग हातेमालो गर्नपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको यस दीक्षान्तमा मेनेजमेन्ट, साइन्स, इञ्जिनीयरिङ, मानविकी र शिक्षा सङ्कायका १४ पिएचडी र ५१ एमफिलसहित स्नातक र स्नात्तकोत्तर तहका एक हजार ३०० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा मेनेजमेन्टका ४५१, साइन्सका २५७, इञ्जिनीयरिङका २७९, मानविकीका २२७ र शिक्षा सङ्कायका १४७ रहेका छन् । दीक्षित हुने विदेशी विद्यार्थी अष्ट्रेलिया, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, बेलायत र अमेरिकाका विद्यार्थी गरी २० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा