विकास जनतामैत्री हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

जनकपुरधाम, १७ मङ्सिर । सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले आम जनताको हितका लागि गठित व्यवस्थापिकाले निर्माण गर्ने कानून जनतामैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्च अदालत वार एशोसिएशनद्वारा जनकपुरधाममा आयोजित ‘कानून र विकास’ विषयक प्रदेश स्तरिय अन्तरक्रियामूलक सम्वाद कार्यक्रममा बोल्दै श्रेष्ठले कानून प्रणालीको विकासबाटै मुलुकको विकाश, सभ्यता, संस्कृति, अर्थतन्त्र लगायतका धरोहरहरूको विकास हुने बताएका हुन् ।

उनले विकास भन्नाले सडक, ठूलाठूला घर, महल, पुल आदिको निर्माणमात्र नभएर कानूनको विकास पनि हो भन्दै विकाश कानूनविरोधि र कानून विकाशविरोधि हुन नहुने बताए ।

सर्वोच्च अदालत वार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले देशमा संघिय प्रणालिको जग बस्दै गरेको वर्तमान समयमा यस्ता अन्तरक्रियात्मक सम्वादका कार्यक्रमहरू प्रत्येक प्रदेशका लागि अति नै आवश्यक भइरहेको सन्दर्भमा कार्यक्रमका आयोजक सर्वोच्च अदालत वारलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले कानून निर्माणका चरणमा रहेका प्रदेशहरूलाई यस्ता कार्यक्रमहरू जनतामैत्री कानून निर्माणका लागि एउटा महत्त्वपूर्ण आधारशिला सावित हुने विचार व्यक्त गरे ।

पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ, २ नं. प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा र सर्वोच्च वारका कोषाध्यक्ष सरोज घिमिरेले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका का.मु.मुख्य न्यायाधिश शिवनारायण यादव, २ नं. प्रदेशका विधायक सत्यनारायण मण्डल, सर्वोच्च अदालत वारका उपाध्यक्ष राजु खडकालगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधिशहरू, २ नं. प्रदेशका विधायकहरू, उच्पदस्थ सरकारी कर्मचारीहरू, जनकपुरक्षेत्रमा कानून व्यवसाय गर्दैआएका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्रहरू उपर सहभागीहरूले घनिभुत ढंगले छलफल गरेका थिए ।

समापन समारोहको अध्यक्षता गरेका सर्वोच्च अदालत वार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खडकाले सर्वोच्च वारले संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (UNDP) र नेपाल सरकारको सहयोगमा आयोजित यस्तो कार्यक्रम यसअघि काठमाडौं र ७ नं. प्रदेशको धनगढीमा उत्साहजनक रूपमा सम्पन्न भैसकेको र अन्य प्रदेशहरूमा क्रमशः गरिने जानकारी गराउंदै आगामी कार्यक्रम हेटौंडामा गरिने तयारी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा