दार्चुला, ७ मंसिर । दार्चुलामा मिनीबस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ५५ वर्षीय अनील पाल र अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको छ । मृतक पाल भारतीय नागरिक हुन् । दुर्घटनामा १९ जना घाइते छन् । तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ । बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन ।






