गृहमन्त्री थापा र फ्रान्सेली राजदूत लेजेबीच आज भेटवार्ता

काठमाडौँ, ४ मंसिर। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र  फ्रान्सका राजदूत फंसोआ जाविये लेजेबिच भेटवार्ता भएको छ ।

आज गृहमन्त्रालयमा भएको भेटवार्ता  नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरेका छन । नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरिदिनका राजदुत लेजेलाई आग्रह समेत  गरेका छन ।

राजदूत लेजेले नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।  नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ