नेकपा सम्बद्ध इन्जिनियर्स एशोसिएशनको उमेद्वारी घोषणा

मोरङ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध नेपाल इन्जिनियर्स एसोसियसनको आगामी मङ्सिर २८ गते हुने निर्वाचनका लागि प्रदेश नं. एकका उमेद्वारको घोषणा सभा आज मोरङको बिराटचोकमा सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य बिनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा नेकपा केन्द्रीय सदस्य गोपी अछामी तथा प्रदेश सभा सदस्य राजकुमार ओझा विशिष्ठ अथिती रहनु भएको थियो ।

कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसियसनका केन्द्रका अध्यक्षका उमेद्वार प्रा डा त्रि रत्न बज्राचार्य महासचिवका उमेद्वार छवी पोख्रेल उपमहासचिवका उमेद्वार कपिल आचार्यले उमेद्वारीको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा आफ्नो परिचय सहित मन्तब्य राख्दै अध्यक्षका उमेद्वार प्रा डा त्रि रत्न बज्राचार्यले आम इन्जिनियरको साझा संस्थाको रुपमा एन इ ए लाई बिकास गरिने र इन्जिनियर कोष इन्जिनियर हाइड्रो, स्टाफ कलेज, रोजगार केन्द्र आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद ढकेन्द्र बमको नेतृत्वमा प्रदेशका सबै पदको उम्मेद्बारी घोषणा गरियो । आम युवा इन्जिनियरको भावना अनुरुप केही गरेर देखाउन आफ्नो उम्मेद्बारी रहेको प्रदेश अध्यक्षका उमेद्वार बमले बताउनु भयो ।

कार्यक्रममा केन्द्रका सदस्य पदका उमेद्वार छवि अधिकारी सुगन्ध सुबेधी दिलिप बि क, शिव चापागाइ र डेगेन्द्र पौडेलले परिचय मन्तब्य राख्नु भएको थियो । दिपक पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचीव मक्कर खड्का पिन केन्द्रीय सदस्य सन्जिब रोकाहा, सांसद राज कुमार ओझा नेकपा केन्द्रीय सदस्य गोपि अचामीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती बिनोद ढकालले समृद्द नेपालको प्रमुख शक्ति इन्जिनियर भयेकाले प्राविधिकहरुलाई अब देश निर्माणमा निस्वार्थ लाग्न आव्हान गर्नु भयो । उहाँले नेपालमा अब ठूला परियोजनाको शुभारम्भ भएको हुँदा इन्जिनियरहरुसँग पार्टी र आम जनताको ठूलो अपेक्ष्या रहेको बताउनुभयो ।

रोशन भट्टराईले सन्चालन गर्नु भएको कार्यक्रममा प्रदेश एकका सबै जिल्ला का करिव २०० इन्जिनियरको सहभागिता रहेको जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद

एजेन्सी, २० चैत । पश्चिम एसियामा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय

एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ ।

एजेन्सी, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । बिहीबार