भक्तपुर, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सांसद कोषको योजना वितरण कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
आज भएको छलफलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरर्गत उहाँले आफ्नो क्षेत्रमा रहेका पूर्वाधार विकासलाई द्रुत गतिमा अघि बढाउन स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी योजना सार्वजनिक गर्नुभएको हो ।
सांसद कोषको चार करोड रकममा उहाँको योजना अनुसार निम्न अनुसार योजनाहरु सार्वजनिक गर्नुभएको छ,
सूर्यविनायक नगरपालिकामा
१. सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरबाट सूनपा कार्यालय जानेबाटो – रु २० लाख, उक्त सडकमा नगरपालिकाले साझेदारीमा रु ३० लाख,
२. सूनपा २ रेडक्रसदेखि चारदोबाटो जाने सडक – रु २० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ३० लाख,
३. सूनपा ७ मा फुटसल तथा सामुदायिक भवन निर्माण – रु ३० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ४५ लाख,
४. सूनपा तर्खगाल कृष्ण मन्दिरदेखि सेतोपाटी कार्की गाउँ जानेबाटो तथा कुलो निर्माण – रु १५ लाख, सूनपा कार्यालयले साझेदारीमा रु २० लाख ५० हजार,
५. सूनपा चमुटोल उकालो बाटो स्तरउन्नती – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,
६. सूनपा ५ सूर्यनगर सडक कालोपत्रे – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,
मध्यपुर थिमी नगरपालिकामा
१. मथिनपा वडा नं. १ अन्नदटोल र विशालनगर टोल सडक कालोपत्रे – रु २० लाख,
२. मथिनपा वडा नं. ३ शान्तिमार्ग सडक निर्माण – रु १० लाख,
३. मथिनपा वडा नं. ३ अरनीको बस्तीमा सामुदायिक भवन निर्माण – रु १० लाख,
४. मथिनपा वडा नं. ४ र ५ लाबाटोलबाट दुई पोखरी जाने बाटो निर्माण – रु ५० लाख,
५. मथिनपा वडा नं. ५ र ६ सिद्धिकाली चोकबाट नासननी जानेबाटो – रु ५० लाख,
६. मथिनपा वडा नं. ७ नगदेश गार्चामा कलात्मक द्वार निर्माण – रु ३० लाख,
७. मथिनपा ८ सिन्जापाटीबाट वृद्धा आस्रम जाने बाटो – रु ३० लाख,
८. मथिनपा वडा नं. ९ सानुचोक पार्क निर्माण – रु ३० लाख,
९. मथिनपा वडा नंं १ मनोरम टोल सामुदायिक भवन निर्माण – रु १० लाख,
१०. मथिनपा वडा नं. ३ तेस्रोटारमा सामुदायिक भवन निर्माण – रु १० लाख,
११. मथिनपा वडा नं. ६ कुण्डोलमा सामुदायिक भवन निर्माण – रु १० लाख,
१२. मथिनपा वडा नं. २ चन्द्रश्वर महादेव मन्दिरबाट सानोठिमी जानेबाटो – रु १० लाख,
१३. मथिनपा वडा नं. २ चेतनशिल युवा क्लवको भवन मर्मत तथा ट्रस्ट निर्माण – रु १० लाख
१४. मथिनपा वडा नं. ९ नागबेली मार्गमा ढल निर्माण – रु १३ लाख,
१५. प्रशासनिक खर्च – रु दुई लाख रहेको छ ।






