प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मदबीच शिष्टाचार भेट

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ । “राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भन्नुभयो “नेपालको शान्ती, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

यसैगरी उपमहासचिब मोहम्मदले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । “नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको हामीले महसुष गरेका छौं” उपमहासचिब मोहम्मदलाई उधृत गर्दै डा. भट्टराईले भन्नुभयो “नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा आधारमा सहयोग गर्न हामी तयार छौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका