श्रीकृष्ण मावि छैमलेको विद्यालय भवन हस्तान्तरण

(असार १६, काठमाडौँ) । दक्षिणकाली नगरपालिका वडा नं ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मित ४ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

२०७२ सालको महाभूकम्पमा क्षति भएको पुरानो भवनको ठाउँमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई समिति (शिक्षा) को ६४ लाख ७० हजार रुपैयाँको लागतमा सो नयाँ भवन बनेको हो ।

गतवर्षको पुसबाट निर्माण शुरु गरिएको सो भवन २०७५ को बैशाखमा तयार भएको विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठले बताए । विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

नवनिर्मित विद्यालय भवन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले उद्घाटन गरे भने जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) का प्रमुख अर्जुनबहादुर रायमाझिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर ल्हो तामांग र प्रधानाध्यापक अमृतमान श्रेष्ठलाई एक समारोहका वीच हस्तान्तरण गरे ।

त्यसअवसरमा नगरप्रमुख बस्नेत, इकाई प्रमुख रायमाझि, प्रधानाध्यापक श्रेष्ठ वडाध्यक्ष राजकुमार लामा लगायतका वक्ताले नवनिर्मित सुविधासम्पन्न पक्की भवनका कारण विद्यार्थीहरुको पठनपाठनको वातावरणलाई सहज र उत्साहित बनाउने बताए ।

विद्यालय हस्तान्तरण समारोहमा सो विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा