अस्पतालमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ : नेपाल चिकित्सक संघले

 (भदौ १४, काठमाडौं) । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था हटाउन माग गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने अन्त्य गर्नुपर्ने धारणा राखेका छन  ।

उनले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन सांसदहरुलाई आग्रह  समेत गरेका छन  ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न आग्रह गरेका हुन् । समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि सो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ