व्यापारको नाममा अपराध गर्ने छुट छैन, गुणस्तरीयमा प्रतिवद्धता : मन्त्री यादव

(भदौ ७, काठमाडौं) । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गुणस्तरीय वस्तु तथा सेवामा प्रतिवद्ध रहेको बताउँदै व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सरकारले गैरकानूनी र अनियमित कामकारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने बताएका छन् । त्यस्तै बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै जुनसुकै बहानामा उपभोक्ता ठगिनु नहुने बताएका छन् । त्यस्तै गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार भएको समेत वताएका छन् । त्यस्तै मन्त्री यादवले कुनै पनि वहानामा हड्ताल गरे त्यसलाई सरकारले छुन नदिने समेत चेतावनी दिएका छन् ।

मन्त्री यादवले कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बिचौलियाको अन्त्य गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको