(भदौ ६, काठमाडौं) । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद) का अवसरमा आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत पार्दै आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । पौडेलले सन्देश जारी गर्दै बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको उल्लेख गरेका छन् ।




