(भदौ ५ , विराटनगर) । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा वायोग्यास उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बालेर उद्घाटन गरेका हुन् । विराटनगर महानगरपालिका(१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ ।
कार्यक्रम बोल्दै उनले भने, ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा होइन । अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’
प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।







