‘सांस्कृतिक पहिचान’ समझदारीमा किराँत प्रदेश : मन्त्री आङबो

(साउन २८, मोरङ) । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सवैको सांस्कृतिक पहिचानका आधारमा प्रदेश १ को नाम किराँत प्रदेश रहने बताएका छन् ।

मोरङको बेलबारीमा आदिबासी जनजाति समुदायले “अधिकार, प्रतिनिधित्व, स्वायत्तता र स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान”भन्ने मुल नाराको साथ आयोजना गरेको कार्यक्रममा मन्त्री आङ्बोले प्रदेशको नामकरण किराँत राख्दा इतिहास, सभ्यता, संस्कृति र यहाँको बहुसंख्यक जनताको मनोविज्ञान सम्बोधन हुने बताए ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि पल्लो, वल्लो, माझ किराँत भनेर नै स्वीकार गरेको बताउँदै मन्त्री आङ्बोले भने, ‘किराँत नितान्त जातीय नाम होइन यो प्राचीन सभ्यता र संस्कृति पनि हो, किरातकालीन सभ्यता हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको