(साउन २०, विराटनगर) । लाखौं घोटला गरी फरार रहेका विराटगर-९ बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेड मुख्य सञ्चालक ईश्वर श्रेष्ठ पक्राउ परेका छन् ।
संञ्चालक श्रेष्ठले बचतकर्ताको लाखौं रकम अपचलन गरी फरार रहेका थिए । सहकारीका १३८ बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसअनुसार २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ व्यवस्थापनक श्रैष्ठले अपचलन गरेको देखिएको छ ।
संचालक श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सहकारीमा एक जना बचतकर्ताले १० लाख रुपैयाँसम्म बचत गरेको पाइएको छ ।






