काँग्रेसको संसद अवरुद्ध र सडक संघर्ष हतासको मानसिकता : अध्यक्ष थापा

(साउन १७, काठमाडौं) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले सरकारलाई कामै गर्न नदिने गरी संसद अवरुद्ध पार्ने र सडक संघर्ष गरेर अस्थिरता उत्पन्न गर्ने कार्य गर्नु हतासको मानसिकता भएको उल्लेख गरे ।

आज विराटनगरमा राप्रपाको प्रदेश एक नम्बर कार्यालयको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारलाई एक वर्ष काम गर्न दिनुपर्ने भन्दै काग्रेको कडा आलोचना गरेका छन् ।

अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियता नेपाली कांग्रेसको एजेण्डा नभएको भन्दै प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीको प्रमाणपत्र र विगतका आदेश हेर्दा तत्काल प्रधानन्यायाधीशमा नियुक्त गर्न नहुने उल्लेख गरे ।

अध्यक्ष थापाले संसदीय सुनुवाई समितिले स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न नसक्दा राजनीतिक दलको लाचार छाया बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको