(साउन १३, चितवन) । रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग रकम हस्तान्तरण गरेका छन् ।
क्लबको पदस्थापन कार्यक्रममा शनिबार राति रत्ननगरमा आयोजित एक कार्यक्रमबीच उनले चितवनको सौराहास्थित मुसहर बस्तीमा रत्ननगर रोटरीको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको छ ।
क्लबले सौराहामा हालै मुसहरका लागि १२ घर निर्माण गरेको छ भने आगामि दिनमा पनि अन्य घरहरु निर्माण गर्दै जाने वताएको छ । आफ्नो पहलमा रोटरी अष्ट्रेलिया वल्ड कम्युनिटी सर्भिसले रु दुई लाख ८१ हजार पठाएको र त्यसमा उनले रु १९ हजार थपेर रु तीन लाख मुसहरको घर निर्माणका लागि हस्तान्तरण गरेका हुन् ।
रत्ननगर रोटरीका निवर्तमान अध्यक्ष विष्णु शर्माले नयाँ अध्यक्ष जनक पौडेललाई, रोट्र्याक्टका विनोद खतिवडाले नयाँ अध्यक्ष नवीन दवाडी र इन्ट्र्याक्टका अभिषेक घिमिरेले नयाँ अध्यक्ष स्मृति वनलाई पद हस्तान्तरण गरेका थिए थियो ।







