सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत : जनअपेक्षा अनुरुप काम गर्न आग्रह

(साउन ११, काठमाडौं) । नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३र०७४ मा सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, असमानता तथा विभिन्न विसङ्गतिहरू निराकरण गर्नका लागि संविधानले मार्गदर्शन गरेका नीति एवम् दायित्व जनआकांक्षा अनुरुप परिपूर्ति हुनेतर्फ सम्बद्ध सबैले ध्यान पुर्‍याउनु पर्नेमा जोड दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको