स्याउ खानुको फाइदा

स्वस्थ मुटु  –  पित्तथैलीको पत्थरी स् पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।

कोलेस्टेरोल घटाउँछ –  स्याउमा भएको घुलनसिल फाइबरले आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।

झाडा पखला तथा कब्जियत –  स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ

रोेगप्रतिरोधात्मक क्षमता –  स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

तौल नियन्त्रण–  स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न गर्दछ  । नसर्ने रोगहरु मुटुरोग, उच्चरक्तचाप, मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ ।

सेतो र स्वस्थ दाँत –   स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्