राष्ट्रिय महिला आयोगद्वारा नयाँ पत्रिका दैनिककी क्षेत्री सहित ९ जना सम्मानित (फोटो फिचर)

(साउन ४, काठमाडौं) । राष्ट्रिय महिला आयोगद्वारा नयाँ पत्रिका दैनिककी फोटो पत्रकार चन्द्रकला क्षेत्री सहित ९ जना सम्मानित भएका छन् ।

विगत १२ वर्ष अघिदेखि आफ्नो जीवनलाई पत्रकारीताको क्षेत्रमा समर्पण गरी राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गरीसकेकी क्षेत्री हाल नयाँ पत्रिका दैनिकमा फोटो पत्रकारको रुपमा कार्यरत रहेकी छिन् । उनले एभिन्युज टेलिभिजन, छापा पत्रिका, डिजिटल पत्रिका (अनलाईन) लगायतमा आफ्नो निरन्तर कार्य सञ्चालन गरिरहेकी छिन् । क्षेत्री पत्रकारीता क्षेत्रमा मात्र नरही विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक कार्य सम्पन्न गरिसकेकी छिन र वर्तमान समयमा पनि निडर, अव्वल र जिम्मेवारीको साथमा नेतृत्वदायी कार्यमा अघि वढिरहेकी छिन् ।

आयोगद्वारा आज काठमाडौंमा आयोजित सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा सातवटै प्रदेशका एक एक जना महिला समाजसेवी तथा दुई जना महिलाको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको हो । महिलाको हक, हित, अधिकारका वारेमा कलम चलाई, सहयोग तथा महिलाको पक्षमा सामाजिक रुपान्तरणमा मुख्य भुमिका खेलेवापत उक्त ९ जनालाई सम्मान गरिएको हो ।

विश्वका देशहरुको तुलनामा नेपालमा पनि महिलाका संवैधानिक अधिकारहरु धेरै रहेता पनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा आम नेपाली महिलाहरु अहिले पनि दोस्रो दर्जाको रुपमा नै रहेको बताउँदै आगामी दिनमा सम्मानित व्यक्तिहरुले सामाजिक नेतृत्वको भुमिका निर्वाह गर्ने बताउँदै निरन्तर सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ ।

सम्मानित हुनेहरुमा चन्द्रकला (भगवती) क्षेत्री (नयाँ पत्रिका दैनीक), हरी गौतम (कान्तिपुर दैनीक), मायाँ गुरुङ (प्रदेश नं. १), वविता कुमारी जैसवाल (प्रदेश नं. २), उमा कुमारी सुवेदी (प्रदेश नं. ३), रिता शर्मा (प्रदेश नं. ४), शारदा डाँगी (प्रदेश नं. ५), तिर्थकुमारी जिसी (सर्मिला) (प्रदेश नं. ६) र देवुकुमारी खाती (प्रदेश नं. ७) सम्मानित भएका छन् । उनीहरुलाई रु १५ हजारको साथमा दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको