नर्सिङ छात्राहरुका लागि रेडक्रस अभिमुखीकरण सम्पन्न

(साउन ३, काठमाडौँ) ।  सुष्मा कोइराला मेमेरियल नर्सिङ कलेजमा पीसीएल तेस्रो वर्षमा अध्ययनरत छात्राहरुको लागि आज रेडक्रसको केन्द्रीय कार्यालयमा रेडक्रससम्बन्धी अभिमुखीरण सम्पन्न भएको छ ।

 ३९ छात्रा र तीन जना शिक्षिका सहित ४२ जनाको सहभागिता रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको शुरुवात, रेडक्रस अभियानका अंगहरु, नेपाल रेडक्रस र यसका बिभिन्न सेवा तथा विकासमूलक गतिविधिहरुका बारेमा जानकारी गराइनुका साथै डकुमेण्ट्री पनि देखाइएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सञ्चार विभागका चन्द्रकला खड्का र नरेन्द्र श्रेष्ठले सहजीकरण गरेका  थिए  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्