बेपत्ता १७ वर्षीया किशोरीको हत्या : गिरी नियन्त्रणमा

(असार ३२, भीमदत्तनगर) । छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।

खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको लास भेटाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गरे ।

घटनाको संलग्नताको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ ।

त्यसैगरी केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका–३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन । सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ