बाढी प्रभावित क्षेत्रमा ‘लेप्टोइस्पाइरोसिस’

(असार २४, एजेंसी) बाढीपहिरो आएपछि लेप्टोइस्पाइरोसिस संक्रमण तीब्र हुने गर्दछ

पानीजन्य संक्रमण कारणले लेप्टोइस्पाइरोसिस लागदछ भने भारतमा र दक्षिण अमेरिकी देश गुयानामा लेप्टोइस्पाइरोसिस संक्रमणको कारणले सयौंको मृत्यु भैसकेको छ ।

लेप्टोइस्पाइरोसिस ब्याक्टेरिअल संक्रमण हो । यो जनावरहरुको पिसाबबाट सर्ने गर्दछ। पानी वा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ। यो रोग लागेमा काम ज्वारो आउछ, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिबिरा देखिनु यसका केही महत्पूर्ण लक्षणहरु हुन् ।

नेपाली समाजमा खासगरी पहाड तथा तराईमा गाईबस्तु, भेडाबाख्रा, कुकुर आदिसँगै हुने, र  मुसाको पनि बिगीबिगी हुने हुँदा यी जनावरहरुको पिसाब मानिसको सम्पर्कमा र खासगरी बाढीको समयमा सहजै आउने हुनाले लेप्टोइस्पाइरोसिसले महामारीको रुप नलेला भन्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।