गैर कानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान, गिरी तारेखमा रिहा

                                                                                                                  -रमेश गिरी-
(असार ८, भक्तपुर) । गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्ने अभियोगमा पक्राऊ परेका एक व्यक्तिलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

गतवैशाख १० गते भक्तपुर स्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा मोरङ्ग कानेपोखरी गाउँपालिका वडा नं. १ स्थायी घरभई हाल भक्तपुर नगरपालिका १ मा डेरागरि बस्ने वर्ष ५१ को थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईको एकल ईजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानून बमोजिक सिधा खान पाउँने गरि थुनामा राख्न पठाईदिनु भनी मुलुकी ऐन अ.ब.१२४ नं. बमोजिम कारागार चलानको आदेश दिएको ईजलाश अधिकृत कमल महतले जानकारी दिए ।

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनमा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहदाँ नियमित स्वास्थ्य जाँच गराउँने, अस्पताल भर्ना गराउनु पर्ने अबस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अबस्थाले उपचार गर्न सक्ने अबस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यबहोर्न गरि आदेश जारी भएको हो ।

त्यसैगरि मिर्गौला झिकिएका व्यक्ति काभ्रेपलाञ्चोक साविक टुकुचा गा.वि.स. वडा नं. ९ घरभई हाल बनेपा न.पा. २ बस्ने २९ वर्षीया कुमार गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ ।

मिर्गाैला झिकिएको पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनु पर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुनसक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अबस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरि गिरीलाई मुलुकी ऐन अ.ब. ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिए ।

बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा बस्नेत पक्राऊ परेका हुन् । किर्ते कागज बनाउँनेमा संलग्न रहेको अभियोगमा पक्राऊ परेको पीडित गिरीलाई भने तारेखमा छाडिएको र बस्नेतलाई भने आजै डिल्लाीबजार कारागार चलान गरिएको छ । अन्य आरोपीको भने खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट