सभापति देउवाले नेतृत्वमा निरंकुशता लादेका कारण पार्टी असफल : नेतृ कोइराला

(असार ४, काठमाडौं) । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वले निरंकुशता लादेका कारण पार्टी असफल भएको बताएकि छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको बताउँदै अब देउवाको विकल्प खोजिनुपर्ने बताएकी छिन् ।

नेते कोइरालाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व आवश्यक रहेको भन्द्र ‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिने वताएकि छिन् ।

वीपीको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ भन्दै नेतृ कोइरालाले अब महासमितिको बैठक बसेर कांग्रेसको आगामीयात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावना अनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा