नेपाल पत्रकार महासंघले उपत्यका कमिटीले गर्यो ९ निर्णय : अनुगमन तथा अनुशासनमा जोड

(असार १, काठमाडौं) । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले ९ वटा निर्णय गर्दै अनुगमन तथा अनुशासनमा जोड दिने भएको छ ।

मिति २०७५ असार १ गते समितिका अध्यक्ष नारायणकुमार दाहालको अध्यक्ष्यतामा सम्पन्न बैठकले उपत्यका प्रदेश समितिलाइ चलायमान बनाइ राख्न विभिन्न समितिको आवश्यकता महसुस गर्दै आजको बैठकले गठित समितिका संयोजकज्युहरुले आ-आफ्नो समितिमा आवश्यकता अनुरुप आवश्यक सदस्य थप गर्ने सक्ने कार्याधिकार सहित देहायवमोजिमका निर्णयहरु गरेको छ ।

१. पत्रिका प्रकाशन समिति : प्रदेश समितिको तर्फबाट पकाशन गर्ने तयारी रहेको त्रैमासिक पत्रिका प्रकाशनका लागि संयोजक – समितिका उपाध्यक्ष महिला प्रमिला वानियाँ ।

२. उपत्यका प्रदेश समन्वय समिति : उपत्यकास्थित स्थानीय निकाय र सरकारी कार्यालयसंग कार्यगत एकता कायम गर्ने लक्ष्य सहित संयोजक-महासचिव श्रीजन झा ।

३. अनुगमन तथा अनुशासन समिति : प्रदेश समितिका उपाध्यक्ष माधव पौडेलको संयोजकत्वमा अनुगमन तथा अनुशासन बनाइराख्न गठन गरिएको छ ।

४. उपत्यका स्तरिय जिल्ला तथा प्रदेश पार्षद भेला आयोजना समिति : उपत्यकास्थित महासंघको जिल्ला तथा प्रदेश पार्षद भेलाको आयोजनाका लागि संयोजक – प्रदेश समिति सचिव विष्णु आचार्य । त्यस्तै सचिव आचार्यको संयोजकत्वमा प्रदेश समितिको भवन निर्माणका लागि आवश्यक जग्गा खोज तथा प्राप्ति समिति समेत गठन गएिको छ ।

५. समावेसी समिति : समावेसी संरचना कार्यान्वनका लागि संयोजक प्रदेश समितिका सचिव अमर भुज ।

६. श्रमजीवी हकहित (पत्रकार) प्रवद्र्धन समिति : श्रमजीवी हकहित (पत्रकार) प्रवद्र्धनका लागि आवश्यक कार्य सम्पादन गर्ने लक्ष्य सहित संयोजक – प्रदेका समतिका कोषाध्यक्ष टेनिस रोक्का ।

७. स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धन समिति : स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धनका लागि अख्तियार गर्नुपर्ने मार्ग पहिचान गर्दै सोहि मुताविकको कार्य सम्पादन गर्ने लक्ष्य सहित संयोजक ( प्रदेश सदस्य सागर पन्त ।

८. कानुन समिति : आवश्क कानुनी परामर्शको लागि संयोजक – प्रदेश समिति सदस्य मणिराम पौडेल ।

९. स्वास्थ्य समिति : प्रदेश समितिको तर्फबाट आयोजना गर्ने सक्ने स्वास्थ्य संग सम्बन्धीत विविध कार्यक्रमको आयोजना तथा सरोकारवाला निकायसंग सम्न्वय गर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate