भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार : प्रधानमन्त्री ओली

(जेष्ठ २१, हेटौडा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् ।

सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बेला केही तलत चर्चा गरिएको भन्दै हल्ला गरिए जस्ता राष्ट्रहित विपरीत र अनुचित कुनै सम्झौता नभएको दावी गरेका छन् ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिन भनेपछि सम्बन्ध पुनस्थापना भएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘गर्वका साथ भन्न चाहन्छु, सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षे स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं ।’

प्रधानमन्त्री ओलीले भने, ‘छिमेकिसँगको सम्झौता र संयुक्त प्रेस वक्तव्य भएका छन् यसैले पुष्टि गर्छ कि हामी खोक्रो दावी गर्दैनौं । सबै कुरा रेकर्ड छन् । मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’ उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे ।

यस्तै देशको तीव्र विकास गर्न सुशासन पहिलो सर्त भएको बताउँदै प्रधानमन्त्री ओलीले सुशासनको पहिलो सर्त भ्रष्टचार निर्मुल गर्नु रहेको प्रष्ट पारे ।

भ्रष्टचार गर्नेको अनुहार समेत नहेर्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार